२०८३ बैशाख ३ गते , विहीबार

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ मंसीर २८ गते , आईतबार
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताएका छन्।

घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो। गोली चलाउने व्यक्ति फरार छन्। प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ।

प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो तर गोली काण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ।घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन्।

सम्बन्धित समाचार