२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर जेसीजसँग भएको मैत्रीपूर्ण फुटबल खेलमा प्रेस क्लब विजयी

sajilo news
झापा
२०८२ मंसीर २८ गते , आईतबार
भद्रपुर जेसीजसँग भएको मैत्रीपूर्ण फुटबल खेलमा प्रेस क्लब विजयी

भद्रपुर । भद्रपुर जेसीजसँग भएको मैत्रीपूर्ण फुटबल खेलमा प्रेस क्लब विजयी भएको छ । जेसीज सप्ताह अन्तर्गत भद्रपुर जेसीजले मेची रङ्गशालामा आइतबार आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा प्रेस क्लबले जेसीजलाई ५ २ ले गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । 

खेलमा जेसीजको तर्फबाट माइकल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ७ औं मिनेटमा जेसीजले पेनाल्टी सुट पाएका थिए । खगेन्द्र पाण्डेले पेनाल्टी सुटको सदुपयोग गर्दै टिमलाई २ ०ले अघि बढाए । दुई गोलले पछि परेका प्रेस क्लबले खेलको १७ ‌औं मिनेटमा गोल फर्काए । रोहित काफ्लेले पहिलो गोल गर्दै खेललाई रोचक बनाए । 

खेलको २४ औं मिनेटमा जेसिजका खेलाडीले बल हेण्ड गरेपछि पेनाल्टी पाएका क्लबका रोजल पाठकले गोल गर्दै खेललाई बराबरमा ल्याएका थिए । खेलको २५ औं मिनेटमा पुनः पेनाल्टी पाएको क्लबले रोजल पाठकको पेनाल्टी सुट आउटबाट गोल थप्दै खेललाई आफ्नो पक्षमा ल्याए । खेलको ३१ औं मिनेटमा क्लबका सुशान्त नेपालले गोल गर्दै  २ ४ को अन्तरमा पुर्‍याए । खेलको ३९ औं मिनेटमा पुनः क्लबका सुशान्त नेपालले गोल गर्दै टिमलाई विजयी बनाए ।   खेलको म्यान अफ दि म्याच क्लबका गोलकिपर ईश्वर अधिकारी भएका थिए ।

सम्बन्धित समाचार