२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडका होटलहरुमा यौन व्यवसाय हुने गरेको जनगुनासो, एक युवती समातिए

sajilo news
झापा
२०८२ पौष ११ गते , शुक्रबार
बिर्तामोडका होटलहरुमा यौन व्यवसाय हुने गरेको जनगुनासो, एक युवती समातिए

बिर्तामोडको  सैनिक मोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आइरहेका बेला प्रहरीले त्यहाँको होटेलबाट एक  युवतीलाई पक्राउ गरेको छ ।

हिजो साँझ बिर्तामोड-३ सैनिक मोडमा रहेको आसाम होटेल एन्ड लजबाट ती युवती पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आसाम होटेल एन्ड लजको कम्पाउन्डभित्र बिर्तामोड वडा न.७ बस्ने अन्दाजी १८ वर्षकी युवतीलाई शङ्कास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । ती युवतीका बारेमा आफन्तलाई जानकारी गराउने कार्य भइरहेको जनाइएको छ । आँखा उपचार गराउन आउने भारतीयहरूलाई लक्षित गरी सैनिक मोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय सञ्चालन हुने गरेको चर्चा चल्दै आएको छ । त्यस्तै बिर्तामोडको नयाँ बसपार्क क्षेत्रका होटलहरुमा पनि यौन व्यवसाय हुने गरेको गुनासो प्रहरी समक्ष स्थानीयले गरेपनि अहिलेसम्म प्रहरीले त्यस क्षेत्रमा भने एक्सन लिएको देखिँदैन । 

सम्बन्धित समाचार