२०८३ बैशाख ३ गते , विहीबार

सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

sajilo news
झापा
२०८२ पौष ११ गते , शुक्रबार
सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य बिहीबारको तुलनामा  १ हजार ८०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ८०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ६९ हजार  ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

अघिल्लो दिन प्रतितोला सुन २ लाख ६७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। महासंघका अनुसार १६५ रुपैयाँले बढेर चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ।

आज प्रतितोला चाँदी ४ हजार ५६५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार सोही परिमाणको चाँदीको मूल्य  ४ हजार ४०० रुपैयाँ कायम भएको  थियो।

सम्बन्धित समाचार