२०८३ बैशाख ४ गते , शुक्रबार

काँग्रेसको १५ औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव पारित

sajilo news
काठमाडौं
२०८२ पौष १८ गते , शुक्रबार
काँग्रेसको १५ औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव पारित

नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८-३१ गते काठमाडौँमा हुने भएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो।

नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेका थिए। प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधिले बताए । उनका अनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताए ।

निधिले भने, ‘विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते समाप्त भइसकेको छ। २०८३ वैशाख, २८, २९, ३० र ३१ गते काठमाडौँमा हुने गरी नयाँ कार्यतालिका पारित भएको छ।’ यसअघि काँग्रेसले पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थियो। 

सम्बन्धित समाचार