२०८३ बैशाख ३ गते , विहीबार

दमकको कञ्चनजङ्घा होटेलबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

sajilo news
झापा
२०८२ पौष २२ गते , मंगलबार
दमकको कञ्चनजङ्घा होटेलबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

झापाको दमक ८ स्थित कञ्चनजङ्घा होटेलबाट लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् । सोमबार दिउँसो १ बजेतिर कञ्चनजङ्घा होटलको कोठा नम्बर ८ मा लागूऔषधको कारोबार हुँदै गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त कोठामा खानतलासी गरेको थियो ।

त्यसक्रममा मोरङ मिक्लाजुङ ३ बस्ने वर्ष १९ की मनिका राई, दमक १ बस्ने वर्ष २६ का सुरज कुमाल र सोही ठाउँ बस्ने वर्ष ३१ का कृष्णबहादुर श्रेष्ठ लागू औषधसहित पक्राउ परेका थिए ।

कोठामा विभिन्न दरको नगद ३३ हजार, प्लास्टिकबाहेक ६ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर बरामद गरी तीनै जनालाई  इलाका प्रहरी कार्यालय  दमकमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार