२०८३ बैशाख ४ गते , शुक्रबार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

sajilo news
झापा
२०८२ माघ ५ गते , सोमबार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् ।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोही अनुसार हामीले कार्यान्वयन गरेका हौँ,’ उनले भने ।

पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ ।  नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

सम्बन्धित समाचार