२०८३ बैशाख ३ गते , विहीबार

झापा २ मा पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख राना भिडदै

sajilo news
झापा
२०८२ माघ ६ गते , मंगलबार
झापा २ मा पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख राना भिडदै

झापा । पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेकपा एमालेका तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए । 

घिमिरेको समर्थकमा एकराज कार्की र प्रस्तावकमा चिन्तन पाठक छन् ।  यस्तै पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनले निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराएकी हुन् ।  निवर्तमान सभामुख र उपसभामुख एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सम्बन्धित समाचार