२०८३ बैशाख ३ गते , विहीबार

प्रा.डा. सङ्ग्रौलासहित झापामा १८ जनाले स्वतन्त्र उम्मेदवारी

sajilo news
झापा
२०८२ माघ ७ गते , बुधबार
प्रा.डा. सङ्ग्रौलासहित झापामा १८ जनाले स्वतन्त्र उम्मेदवारी

प्रा.डा. युवराज सङ्ग्रौलासहित झापामा १८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सङ्ग्रौलाले झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । हिजो दिउँसो अर्जुनधारा नगरपालिकास्थित झापा निर्वाचन क्षेत्र नं २ निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्ता भएपछि स्थानीय पत्रकारहरूसँग कुरा गर्दै उनले हारजितको खेलभन्दा माथि विचार र अभियानका लागि आफूले उम्मेदवारी दिएको बताए ।

त्यस्तै राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले पनि झापा क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । आदिवासीको अधिकार, पहिचान र राजनीतिक स्वाभिमानसँग जोडेर आफूले उम्मेदवारी दिएको उनले बताएका छन् ।

झापाका कुल ९० जना उम्मेदवारहरूमा २० प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सबैभन्दा बढी क्षेत्र नं ५ बाट १० जना स्वतन्त्र उम्मेदवार बनेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिने अन्यमा क्षेत्र नं १ बाट दुर्गाबहादुर साँवा लिम्बू र गणेशकुमार पोखरेल , २ बाट पुण्यप्रसाद आचार्य , प्रा.डा.युवराज सङ्ग्रौला र रमेशकुमार कार्की , ३ बाट मानबहादुर सङ्ग्रौला र अभय राजवंशी , ४ बाट साजन माझी तथा ५ बाट प्रकाश नेपाल, मातृका भट्टराई , शोभा भण्डारी , अर्जुन सापकोटा ,खेमनाथ शिवाकोटी, डम्बर शाह , पुष्कर खतिवडा ,प्रकाश नेपाल ,रञ्जना गौतम र विपुल गुरागाईँ रहेका छन् ।

सम्बन्धित समाचार