२०८३ बैशाख ३ गते , विहीबार

सशस्त्र प्रहरीको रक्तदानमा ६१ पिन्ट रगत संकलन

sajilo news
झापा
२०८२ माघ ७ गते , बुधबार
सशस्त्र प्रहरीको रक्तदानमा ६१ पिन्ट रगत संकलन

झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)को अवसरमा बुधवार आयोजित रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका गरी जम्मा ६१ जना कर्मचारीले स्वैच्छिक रूपमा रक्तदान गरेका थिए ।  

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल प्रमुख आतिथ्य भएको कार्यक्रममा नेपाली सेना अरिदमन गण चारआलीका गणपति प्रमुख सेनानी सरोज थापा, जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बु, सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापाका गणपति तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान झापाका उप–अनुसन्धान निर्देशक उमेश पाण्डे, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल लगायतको उपस्थिति रहेको थियो।

रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरीले पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया, विपन्न परिवारलाई राहत वितरण, पूर्व–पश्चिम झण्डा मार्च, भारतीय सशस्त्र सीमा बलसँग समन्वयात्मक बैठक तथा मैत्रीपूर्ण खेल, पुरातात्त्विक स्थल तथा मठ–मन्दिरहरूमा बृहत् सरसफाइ, वक्तृत्वकला कार्यक्रम तथा स्थानीय स्तरमा जनचेतनामूलक कक्षा सञ्चालन जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन् । 

सम्बन्धित समाचार