२०८३ बैशाख ३ गते , विहीबार

सुन तोलाको तीन लाख रुपैयाँ नजिक

sajilo news
पत्रपत्रिका
२०८२ माघ ८ गते , विहीबार
सुन तोलाको तीन लाख रुपैयाँ नजिक

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको छ । बुधवार सुनको मूल्य एकै दिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढ्दै ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ, जुन चाँदीको इतिहासमै उच्च मानिन्छ । डलरको विकल्प खोज्दै विश्व सुनतर्फ मोडिँदा त्यसको प्रभाव नेपाली बजारमा तीव्ररूपमा देखिएको छ । आयातमा पूर्णरूपमा निर्भर नेपालमा अन्तर्राष्ट्रिय बजारको सानो उछाल पनि ठूलो मूल्यवृद्धिका रूपमा प्रकट हुन्छ । हाल देखिएको मूल्यवृद्धि केवल बजारको संयोग नभई विश्व अर्थ–राजनीतिक परिवेशको प्रतिफल भएकाले यसले दीर्घकालीन आर्थिक बहससमेत जन्माएको छ ।

चार दिनमै अस्वाभाविक वृद्धि
गत आइतबारदेखि सुनको मूल्य निरन्तर बढ्दै आएको थियो । आइतबार तोलामा ६ सय, सोमबार ४ हजार २ सय, मंगलबार २ हजार ७ सय र बुधवार एकै दिन १० हजार ४ सय रुपैयाँ वृद्धि भएको छ । यसरी चार दिनमै सुनको मूल्य तोलामा १७ हजार ३ सय रुपैयाँ बढ्नुले बजारमा अस्वाभाविक दबाब सिर्जना गरेका े छ । व्यवसायीहरूका अनुसार यस्तो तीव्रवृद्धि सामान्य मौसमी मागका कारण मात्र नभई अन्तर्राष्ट्रिय घटनाक्रमसँग प्रत्यक्ष जोडिएको छ ।

अन्तर्राष्ट्रिय बजारको सिधा प्रभाव
नेपालमा सुनको मूल्य निर्धारण पूर्णरूपमा अन्तर्राष्ट्रिय बजारमा आधारित हुन्छ । बुधवार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस करिब ४ हजार ७ सय डलरआसपास कारोबार भएको थियो । चाँदी पनि प्रतिऔ ंस ९५ डलरनजिक पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नासाथ त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिने गर्छ, ’cause नेपालमा सुन उत्पादन हुँदैन र सम्पूर्ण सुन आयातमै निर्भर छ ।

डलरको विकल्प
पछिल्लो समय विश्वका ठूला अर्थतन्त्रहरू अमेरिकी डलरको विकल्प खोज्दै सुनतर्फ आकर्षित भएका छन् । चीन, रसिया, भारत, टर्की, ब्राजिललगायत देशका केन्द्रीय बै ंकहरूले विदेशी मुद्रा सञ्चितिमा डलरको हिस्सा घटाउँदै सुनको सञ्चिति बढाएका छन् । केन्द्रीय बै ंकहरू स्थायी र ठूलो खरिदकर्ता भएकाले उनीहरूको सक्रियताले विश्व बजारमा सुनको माग दीर्घकालीन रूपमा बढाएको विश्लेषक बताउँछन् ।

यही प्रवृत्तिले सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो । अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा बढ्दो अनिश्चितता र भू–राजनीतिक तनावका कारण सुनलाई सुरक्षित सम्पत्तिका रूपमा हेरिन थालेको हो । यो खबर राजधानी दैनिकमा छ । 

सम्बन्धित समाचार