२०८३ बैशाख ३ गते , विहीबार
झापाका सुरक्षा प्रमुख फेरिँदै, एसपी बसुन्धराले आजदेखि सम्हालिन जिम्मेवारी
आगामी फागुन २१ गतेको निर्वाचनको लागि झापाका सबै सुरक्षा निकायको कमाण्ड परिवर्तन हुने भएको छ । गृह मन्त्रालयले झापाका प्रहरी प्रमुख राजन लिम्बूलाई सरुवा गरेर बसुन्धरा खड्कालाई खटाइसकेको छ।
लिम्बू फिर्ता भएपछि देशकै ठूलो सुरक्षा चुनौती मानिएको झापाको कमाण्ड खड्काले आजदेखि सम्हालेकी छन् । खड्काले जिम्मेवारी सम्हालेपछि एसपी लिम्बु आजै काठमाडौँ फर्किसकेका छन् ।
त्यस्तै सशस्त्र प्रहरीको कमाण्ड पनि परिवर्तन हुँदैछ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे।क्वा। झापाका गणपतिलगायत जिल्ला तहका कमाण्ड पनि केही दिनभित्रै फेरिने भएका छन् ।