२०८३ बैशाख ३ गते , विहीबार

सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने कांग्रेसको निर्णय

sajilo news
काठमाडौं
२०८२ माघ ९ गते , शुक्रबार
सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले  सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भएको जानकारी दिए।

थापाले सर्लाही-४ बाट उम्मेदवारी दिएका छन्। टिकट वितरणमा ढिलाइ भएपछि थापाले वारेसमार्फत उम्मेदवारी मनोनयन गराएका थिए। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचितपछि पहिलो पटक पार्टी कार्यालय पुगेर आजै पदवहाली गरेका हुन्। 

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अन्य राजनीतिक दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

सम्बन्धित समाचार