२०८३ बैशाख ३ गते , विहीबार
झापामा १२३७ वटा हतियार दर्ता, कसैले पनि बुझाएनन्
झापामा १२३७ वटा हतियार दर्ता छन् । आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय झापाले हतियार बुझाउन दोस्रो पटक सूचना जारी गरेपनि अहिलेसम्म कसैले पनि बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयले हतियार बुझाउन पहिलो पटक पुस २९ गते सूचना जारी गरेको थियो ।
त्यसपछि माघ ८ गते दोस्रो पटक सूचना जारी गरिएको छ । माघ २० गतेभित्र अनिवार्य रूपमा हतियार बुझाइसक्न सूचित गरिए पनि अहिलेसम्म कसैले पनि नबुझाएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । त्यस्तै जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको १५ थान हतियार अझै गायब रहेको उनले जानकारी दिए ।