२०८३ बैशाख ३ गते , विहीबार

‘भद्रपुर‌ किड्स साइक्लोथन’ सम्पन्न, ऐश्वर्या र‌ प्रसूनबाबु प्रथम

sajilo news
झापा
२०८२ माघ ११ गते , आईतबार
‘भद्रपुर‌ किड्स साइक्लोथन’ सम्पन्न, ऐश्वर्या र‌ प्रसूनबाबु प्रथम

भद्रपुर‌ । भद्रपुर‌ साइकल समाजको‌ आयोजनामा पहिलो‌ पटक ‘भद्रपुर‌ किड्स साइक्लोथन-२०८२’ सम्पन्न भएको‌ छ  ।  भद्रपुर‌मा ८-१४ वर्ष उमेर‌को‌ सहभागितामा माघ १० गते‌ बिहान साइकल दौड प्रतियोगिता भएको‌ हो‌ ।

साइकल-राइडर‌ बालबालिका एवम् किशोर-किशोरीहरूले‌ महेन्द्र पार्क (महेन्द्र उद्यान)देखि गायत्री मन्दिर‌, गार्मेन्ट चोक, बोक्तोबारी भएर‌ मन्त्री चोकबाट पूर्व झापा चोकको‌ मुख्य सडक हुँदै‌ महेन्द्र उद्यानसम्मको‌ ११ दशमलव ११ किलोमिटर निर्धारित दूरी पूरा गरेका थिए ।

साइकल दौड पूरा गर्ने‌ १९ जना सहभागीलाई प्रदान गर्न ‘भद्रपुर‌ झापा गोल्डकप’का अध्यक्ष एवम् समाजसेवी दीपेश ढकाल र‌ प्रभा ढकाल दम्पतीबाट नगद पुरस्कार‌ सौजन्यस्वरुप प्राप्त भएको‌ भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार‌ श्रेष्ठले‌ जानकारी दिए ।

भद्रपुरका नगर-प्रमुख गणेश पोखरेलको‌ प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत राइडरहरूमा ऐश्वर्या शर्मा र‌ प्रसूनबाबु भट्टराई – प्रथम, रेश्मा राजवंशी र‌ भवानी चापागाईँ – द्वितीय, अस्मिता कुँवर‌ र‌ सक्षम घिमिरे – तृतीय, आरजु कोइराला र‌ अनिरुद्र तामाङ – चौथो‌, मोहिनी गोयल र‌ श्रेयम अधिकारी – पाँचौँ, आरुषी श्रेष्ठ र‌ एलेक्स शंकर – छैटौँ, आरोग्या थापा र‌ दर्पण भट्टराई – सातौँ, आराध्या गोयल र‌ मनन उप्रेती – आठौँ, हर्षिका गोयल र‌ आकाश राजवंशी – नवौँ र‌ सोवत्स लम्साल – दसौँ भएका थिए ।

प्रथमलाई ३ हजार‌, द्वितीयलाई २ हजार‌, तृतीयलाई १ हजार‌ र‌ चौथोदेखि दशौँसम्मलाई जनही ५ सय रुपैयाँ पुरस्कार‌ प्रदान गरिएको‌ अध्यक्ष श्रेष्ठले‌ बताए । साइकल समाजले विभिन्न प्रकारका कार्यहरू समय समयमा सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार