२०८३ बैशाख ३ गते , विहीबार
मेची नदी किनारमा सरस्वतीको मूर्ति सेलाउन जाँदा डिजेको बिषयमा विवाद, एक किशोरी घाइते
भद्रपुरको मेची नदी किनारमा सरस्वतीको मूर्ति सेलाउन जाँदा डिजे (बाजा)को विषयमा दुई पक्षविच विवाद भएको छ ।विवादका क्रममा भएको झडपमा एकजना किशोरी घाइते भएकी छन् ।
गएराति साढे १० बजे भद्रपुर नगरपालिका-५ स्थित मेची नदी किनारमा सरस्वतीको मूर्ति सेलाएर फर्किने क्रममा डिजे (बाजा) बजाउनु पर्यो भन्दै मेची किनारका युवाहरू त्यहाँ पुगेका थिए । एक पक्षले डिजे बजाउन मिल्दैन भनेपछि दोस्रो पक्षले उल्टै डिजे फुटाइदिने धम्की दिएपछि दुई पक्षविच विवाद भएको बताइएको छ ।
विवादका क्रममा झिम्की चोक बस्ने कैलाश साहकी १६ वर्षीया छोरी आँचल साहलाई सोही समूहका युवाहरूले कुटपिट गरेका छन् । उनको बायाँ हात, टाउको र शरीरमा भित्री चोट लागेको छ । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । घटनाको जानकारी पाएर वडा प्रहरी कार्यालय भद्रपुर टोली खटिएको थियो ।