२०८३ जेष्ठ ३० गते , शनिबार

प्रतिदिन दैनिक १८ औं वर्षमा प्रवेश

sajilo news
झापा
२०८२ माघ १६ गते , शुक्रबार
प्रतिदिन दैनिक १८ औं वर्षमा प्रवेश

बिर्तामोड । नव सञ्चार गृह प्रालिद्वारा बिर्तामोडबाट नियमित रुपमा प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । पूर्वी नेपालमा प्रदेशस्तरकै पत्रिका प्रकाशन गरी आम पाठकहरूलाई सुसूचित गर्ने उद्देश्यले स्थापित यस दैनिक आफ्नो उद्देश्यमा सफल भएको छ ।

हामी हाम्रो उद्देश्यप्रति अडिग छौँ । प्रतिदिन दैनिकले झापा जिल्लाका विभिन्न क्षेत्रसँगै मोरङसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । अर्को महत्त्वपूर्ण कुरा कोरोना महामारी र आर्थिक मन्दीका कारण सञ्चार क्षेत्र तहसनहस भएको छ । धेरै मिडिया बन्द भएका छन् । जिल्लाकै धेरै पत्रिका बन्द भइरहँदा यस प्रतिदिन दैनिकले असहज परिस्थितिका बाबजुद आफ्नो प्रकाशनलाई निरन्तरता दिँदै आएको छ । प्रतिकुलतालाई अनुकूल बनाउँदै प्रतिदिन दैनिक पत्रिका , प्रतिदिन डेली डटकम अनलाइन र प्रतिदिन टीभी युट्युबमार्फत पाठकहरूलाई पलपलको समाचार र सूचना प्रवाह गर्दै आएको छ ।

अरूको समाचार कपी गरेर पत्रिका र अनलाइन चलाउने पत्रकारहरूको बढ्दो प्रवृत्तिलाई चिर्दै यस पत्रिकाले स्थानीय क्षेत्रमा खोजी गरी आफ्नै मौलिक समाचार पस्किने गरेकाले धेरैको मन जित्न सफल भएको हो । राजनीतिसँगै पत्रकारिता क्षेत्र पनि दूषित भइरहेको अवस्थामा वादको सिद्धान्तबाट टाढा रहेर नडगमगाई सही र सत्य समाचार पस्केकै कारण अहिले प्रतिदिन दैनिकको चर्चा बढेको छ ।

स्थानीय समाचारलाई मुख्य प्राथमिकता दिएकै कारण प्रतिदिन दैनिक र यसको अनलाइन लोकप्रिय रहेको सम्पादक इन्द्रसिंह राजवंशी बताउँछन् । स्थानीय विषयवस्तुलाई प्रतिदिन दैनिकले राष्ट्रिय महत्वको बनाउने गरेको उनले बताए । उनले विभिन्न उतारचढाव बेहोर्दै पत्रिकालाई यहाँसम्म ल्याइपु¥याउने आम पाठक, विज्ञापनदाता ,पत्रिकाका सञ्चालक , व्यवस्थापन पक्ष , वितरक , शुभेच्छुक सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समेत निरन्तर र भरमग्दूर सहयोगको अपेक्षा गरेका छन् । 

 

सम्बन्धित समाचार