२०८३ बैशाख ३ गते , विहीबार

नक्कली सुन दिएर ठगी गर्दै आएका एक पेशेवर ठग भद्रपुर बजारमा पक्राउ

sajilo news
झापा
२०८२ माघ १९ गते , सोमबार
नक्कली सुन दिएर ठगी गर्दै आएका एक पेशेवर ठग भद्रपुर बजारमा पक्राउ

झापाको भद्रपुर बजारमा नक्कली सुन दिएर ठगी गर्दै आएका एक पेशेवर ठग पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका-३ का ४३ वर्षीय जितबहादुर बिक रहेका छन् । माघ १५ गते साँझ ५ः३० बजे भद्रपुर बजारमा रहेको भोजपुर ज्वेलर्समा विकले सुन जस्तो देखिने पहेँलो धातु (नक्कली सुन) धरौटी राख्न खोजेर ठगी गर्न खोजेका थिए ।

सुन पसलले शंका लागेर वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराउनसाथ प्रहरी टोली आएर उनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ । मुलुकी अपराध संहिता २०७४ को ठगी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले यसअघि पनि बिर्तामोडलगायतका क्षेत्रका सुन पसलहरूमा ‘सक्कली गहना हो , आफूलाई इमरजेन्सी परेकोले बन्दगी राख्न लागेको’ भन्दै नगद लिई ठगी गरेको खुल्न आएको छ । उनको साथबाट नक्कली गहनाहरू बरामद भएको डीएसपी खड्काले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार