२०८३ बैशाख ३ गते , विहीबार

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान

sajilo news
झापा
२०८२ माघ २१ गते , बुधबार
माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान

पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान देशभर सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २५ गतेदेखि फागुन १५ गतेसम्म यो खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।

कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई एचपिभी खोप  दिइनेछ। यस्तै, गत वर्षको एचपिभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ।

खोप स्थानीय पालिकाअनुसार फरकफरक  हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रको आग्रह छ। एचपिभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको छ।

सम्बन्धित समाचार