२०८३ बैशाख ३ गते , विहीबार
झापा-५ मा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड
झापा क्षेत्र नम्बर ५ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्पक कार्यालयमा तोडफोड गरिएको छ । कमल गाउँपालिका–२ मा रहेको यो सम्पर्क कार्यालयमा बुधवार मध्यराति तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय जयराम अधिकारीको घरको माथिल्लो तला भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको थियो । कार्यालयको झ्यालको सिसा फुटेको छ । प्रहरीले कार्यालयलाई नै लक्षित गरी आक्रमण भएकोजस्तो देखिएको बताएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र तोडफोड कार्यमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।