२०८३ बैशाख ३ गते , विहीबार
गौरीगंजमा ब्राउन सुगरसहित दुई युवक पक्राउ
गौरीगंजमा लागूऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । आज दिउँसो १:४५ बजे गौरीगंज– २ आँपगाछीमा दक्षिण आँपगाछीबाट उत्तर बाहुनटोलतर्फ आउँदै गरेको मे १० प ८४३२ नम्बरको स्कुटरलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी सहायक निरीक्षक कैलाशकुमार मण्डलको कमान्डमा खटिएको टोलीले चेकजाँच गरेको थियो ।
त्यसक्रममा स्कुटर पछाडि सवार कमल-५ बस्ने वर्ष अन्दाजी ४० का सूर्यबहादुर वि.कको साथबाट प्लास्टिकसहित ४७ ग्राम ९५० मिलिग्राम र प्लास्टिकबाहेक ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । सो लागूऔषध र स्कुटरसहित स्कुटर चालक कमल-५ बस्ने वर्ष २२ का संजोक राईलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।