२०८३ बैशाख ३ गते , विहीबार

टी– २० विश्वकप : आज भारत र पाकिस्तान भिड्दै

sajilo news
एजेन्सी
२०८२ फाल्गुन ३ गते , आईतबार
टी– २० विश्वकप : आज भारत र पाकिस्तान भिड्दै

टी– २० विश्वकपमा आज तीन खेल हुनेछन्।  खेल नेपाल र वेस्ट इन्डिजबीच रहेको छ। समूह सी को यो खेल वानखेडे स्टेडियमा हुनेछ। यो समूहमा वेस्ट इन्डिज दुई खेलबाट चार अंकसहित शीर्षमा छ।

नेपाल भने अहिलेसम्म दुवै खेलमा पराजित रहेको छ र शून्य अंकमा रहेको छ। त्यसपछि दिनको दोस्रो खेल चेन्नाइमा हुनेछ र समूह ए को प्रतिस्पर्धामा नामिबिया र अमेरिका भिड्ने छन्।दिनको अन्तिम खेल भने भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा रहेको छ। 

समूह ए कै यो खेल पाकिस्तानको बहिस्कार गर्ने निर्णयपछि विवादमा परेको थियो। तर अन्तर्राष्ट्रिय काउन्सिलले पाकिस्तानी क्रिकेट बोर्डसँग छलफल गरेपछि यो खेल तय भएको थियो। यो खेल कोलम्बोमा हुनेछ। यो समूहमा भारत र पाकिस्तान दुवैले आफ्ना सुरुआती दुई खेल जितेर समान चार चार अंकमा शीर्षमा रहेका छन्। अमेरिकाको दुई अंक छ भने नामिबिया शून्य अंकमा छ।

सम्बन्धित समाचार