झापा-३ : अन्य पार्टी परित्याग गरी २५० भन्दा बढी जेनजी युवा एमालेमा प्रवेश
निर्वाचनको सम्मुखमा झापामा २५० भन्दा बढी जेनजी युवाहरू एमाले प्रवेश गरेका छन् । काँग्रेस, रास्वपा, नेकपा, राप्रपा तथा अन्य विभिन्न दलहरू त्यागी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । शनिवार झापा क्षेत्र नं. ३ ले भद्रपुरमा आयोजना गरेको निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला कार्यक्रममा ती युवाहरू एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
नवप्रवेशीलाई योग्यता र क्षमता अनुसार पार्टीले उचित जिम्मेवारी दिने एमालेले प्रतिबद्धता जनाएको छ । देशको विषम परिस्थितिमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने एक मात्र पार्टी एमाले भएकाले पार्टी प्रवेश गरेको उनीहरूले बताए । आगामी दिनमा एमालेप्रति लगाइएका भ्रमहरू तोड्दै निर्वाचनमा एमालेलाई अत्यधिक मतका साथ विजयी गराहुन कुनै कसुर बाँकी नराखी लाग्ने प्रतिबद्धतासमेत जनाए ।
झापा क्षेत्र नं। ३ को कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सयौँ जेनजीहरुलाई एमालेमा स्वागत गरेका छन् । राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दीपक बुढाथोकीले एमालेमा जेनजीहरुको उत्साहपूर्ण प्रवेशले थप ऊर्जा मिलेको बताएका छन् ।