२०८३ बैशाख ३ गते , विहीबार

झापा-५ मा बालेनको वाचापत्र: ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु'

sajilo news
झापा
२०८२ फाल्गुन ११ गते , सोमबार
झापा-५ मा बालेनको वाचापत्र: ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु'

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन्।

रास्वपाका वरिष्ठ नेता रहेका उनले बेथिति र भ्रष्टाचारविरुद्ध संसद्मा सशक्त रूपमा उभिनु मुख्य संकल्प गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। ​शाहले आफ्नो वाचापत्रमा नीति निर्माण र कानुनी सुधारमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। वाचापत्रमा बालेनले भनेका छन्, ‘राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु।’

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने कुरालाई उनले विशेष महत्त्व दिएका छन्। ​शिक्षा र स्वास्थ्यमा नयाँ योजना ​शिक्षा क्षेत्रमा स्कुल रिटेन्सन प्रोग्रामूमार्फत विद्यालय छाड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा स्मार्ट क्लास तथा प्रयोगशाला स्थापना गर्ने योजना उनले अघि सारेका छन्। 

यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि निस्शुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने र घर-घरमा स्वास्थ्य सेवा कार्यक्रम मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिबद्धता शाहको छ। भूमिहीन र सुकुम्वासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने वाचा गर्दै बालेनले जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला भन्दै मतदातासँग अपिल गरेका छन्।

सम्बन्धित समाचार