अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको बिभत्स हत्या
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी फेयरफ्याक्स सहरमा बस्दै आएको एक नेपाली परिवारमा बिभत्स घटना घटेको छ ।
पर्सिमोन ड्राईभस्थित अपार्टमेन्टमा बस्दै आएका छत्रबहादुर थापाले श्रीमती बिन्दा थापा र छोरी ममता थापाको धारिलो हतियारप्रहार गरी बिभत्स हत्या गरेका छन् ।
साथैं ज्वाई सन्तोष कुमार बस्नेत हतियार प्रहारबाट गम्भिर घाईते भएका छन्। हत्यामा संलग्न छत्रबहादुरकाे प्रहरीको कारबाहीमा गोली लागेर मृत्यु भएको छ।
सोमबार बिहान करिब ५ बजेको आसपासमा घटना घटेको स्थानीय प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार घटना स्थल रहेको घरमा एक वर्षका शिशु समेत रहेको र उनी भने सकुशल रहेका छन्।
केही समयअघि नर्स ममता काफ्लेको हत्या भएको घटना सेलाउन नपाउँदै अर्को बिभत्स घटना घटेको हो। काफ्लेको हत्यामा संलग्न रहेको भन्दैं उनका श्रीमान् माथि कारबाही चलिरहेको छ ।