२०८३ बैशाख ३ गते , विहीबार

झापामा ६५ प्रतिशत हाराहारीमा मत खस्यो

sajilo news
पार्थ मण्डल
२०८२ फाल्गुन २१ गते , विहीबार
झापामा ६५ प्रतिशत हाराहारीमा मत खस्यो

झापा । झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ६५ प्रतिशत हाराहारीमा मतदान भएको छ ।

जिल्लामा तीन अस्थायी र २८५ मतदान स्थलको ८१५ मतदान केन्द्रमा मतदान भएको थियो ।  जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन्। कूल मतदातामध्ये महिला तीन लाख ५५ हजार १८३, पुरुष तीन लाख ५८ हजार ३४६ र अन्य आठ जना रहेका छन्। अहिलेसम्म मतदान गरेको यकिन तथ्याङ्क आइपुगेको छैन । मतपेटिका सङ्कलनको काम धमाधम भइरहेको छ । ६५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । 

झापामा २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ७०.४७ प्रतिशत मतदान भएको थियो । त्यस बेला जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेका थिए । २०७४ सालको अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो। 

सम्बन्धित समाचार