२०८३ बैशाख ३ गते , विहीबार
'इलेक्सन इपिसेन्टर' बनेको झापा ५ मा आज बिहानको २ बजेबाट मतगणना सुरु हुँदै
इलेक्सन इपिसेन्टर बनेको झापा ५ मा आज बिहानको २ बजेबाट मतगणना सुरु हुने भएको छ । दमक नगरपालिका ८ स्थित अर्ग्यानिक कृषि केन्द्रमा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।
झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चुनावी मैदानमा रहेकोले सर्वत्र चासोको विषय बनेको छ । यहाँको मत परिणाम सुन्न देशवासी नै आतुर देखिएका छन् । क्षेत्र नम्बर ५ मा १ लाख ६३ हजार ३७९ मतदाता रहेकोमा १ लाख ६ हजार ३७२ मत खसेको छ ।