२०८३ बैशाख ३ गते , विहीबार

लिङ्देनलाई पछि पार्दै झापा-३ मा रास्वपाका पाठकको प्रारम्भिक अग्रता

sajilo news
झापा
२०८२ फाल्गुन २२ गते , शुक्रबार
लिङ्देनलाई पछि पार्दै झापा-३ मा रास्वपाका पाठकको प्रारम्भिक अग्रता

झापा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदबार प्रकाश पाठकले प्रारम्भिक अग्रता लिएका छन् । ६ हजार ४३७ मतगणना हुँदा रास्वपाका पाठकले २२८१ मत ल्याउँदै अग्रता लिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन दोस्रो र श्रम, संस्कृति पार्टीका दिपक तिम्सिना तेस्रो स्थानमा रहेका छन् ।  

लिङ्देनले १६०७ मत ल्याएका छन्, भने तिम्सिनाले ७८८ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ५१०, एमालेका हरिबहादुर राजवंशीले ६२० र नेकपाका डिल्लीराम घिमिरेले ७७ मत ल्याएका छन् । क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको छ । यस क्षेत्रको मतगणाना एउटै हलको तीन स्थानमा गणना भइरहेको छ । 

सम्बन्धित समाचार