२०८३ बैशाख ३ गते , विहीबार

स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतले विजयी

sajilo news
झापा
२०८२ फाल्गुन २३ गते , शनिबार
स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतले विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र उम्मेद्वार पुनले नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरि विजयी भएका हुन्। 

स्वतन्त्र उम्मेद्वार पुनले २२ हजार ८ स ५० मत प्राप्त गरि विजयी हुँदा उनका प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ मत प्राप्त गरे । 
मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । एउटा मात्र निर्वाचन छेत्र रहेको म्याग्दीमा ८६ हजार३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

सम्बन्धित समाचार