२०८३ बैशाख ३ गते , विहीबार
लिङ्देन पछि पार्दै झापा ३ मा रास्वपाका पाठकको जित सुनिश्चित
झापा । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पछि पार्दै झापा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठकले फराकिलो अग्रता कायम राखेका छन् । रास्वपाका पाठक विजयी हुने सुनिश्चित भइसकेको छ । रास्वपाका पाठक र राप्रपाका लिङ्देनबीचको मतान्तर १९ हजार ३१ रहेको छ । पछिल्लो नतिजा अनुसार पाठकले ३५ हजार ७५ मत ल्याउँदा लिङ्देनले १६ हजार ४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ७ हजार ५५०, एमालेका हरिबहादुर राजवंशीले ६ हजार ७६३, श्रम, संस्कृति पार्टीका दीपक तिम्सिनाले ६ हजार ७३५ र नेकपाका डिल्लीराम घिमिरेले एक हजार ३६० मत ल्याएका छन् । क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको छ । त्यसमा ८५ हजार ९११ मत गणना भइसकेको छ ।