२०८३ बैशाख ३ गते , विहीबार

झापा ४ बाट रास्वपाका शम्भुप्रसाद ढकाल निर्वाचित

sajilo news
झापा
२०८२ फाल्गुन २४ गते , आईतबार
झापा ४ बाट रास्वपाका शम्भुप्रसाद ढकाल निर्वाचित

झापा क्षेत्र नम्बर ४ बाट रास्वपाका शम्भुप्रसाद ढकाल ३१ हजार ६४५ फराकिलो मतान्तरले निर्वाचित भएका छन् । ढकाल ४३ हजार ६३१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेसका देउकुमार थेबेले ९ हजार ४३४ मत पाएका छन् । चौथोमा रहेकी श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ७ हजार १६१ र पाँचौ स्थानमा खुम्चिएका राप्रपाका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत ल्याएका छन् ।
२०७९ सालको निर्वाचनमा रास्वपाका ढकालले १४ हजार ६९ मत प्राप्त गरी तेस्रो भएका थिए । त्यसबेला उनलाई एमालेका साँवाले पराजित गरेका थिए । साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गरी निर्वाचित हुँदा कांग्रेसका देउकुमार थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका थिए । साँवाले लगातार यस क्षेत्रबाट दुई पटक संसदीय निर्वाचन जितेका थिए । उनी ह्याट्रिक जित हासिल गर्ने दाउमा थिए । तर, ढकालको जितले ब्रेक लागेको छ । त्यस्तै कांग्रेसका थेबेले लगातार तेस्रो पटक हार व्यहोरेका हुन् । अघिल्ला दुई निर्वाचनमा साँवासंग हारेका थेबे यसपटक ढकालसंग पराजित भएका हुन् । 

सम्बन्धित समाचार