२०८३ बैशाख ३ गते , विहीबार

इलाम–२ मा एमालेका सुहाङ नेम्बाङ विजयी

sajilo news
इलाम
२०८२ फाल्गुन २४ गते , आईतबार
इलाम–२ मा एमालेका सुहाङ नेम्बाङ विजयी

इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । नेम्बाङ २२ हजार ४ सय २६ मतसहित विजयी भएका हुन्। उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गरेका छन् । 

त्यस्तै श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गरेका छन्। देश भरिबाट भारी मतान्तरसहित विजयी हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले भने इलामबाट ७ हजार ८ सय १४ मत प्राप्त गरेका छन्, भने नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १,१७२ मत पाएका छन् ।

यस निर्वाचनमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेकोमा ६७ हजार ६ सय ६४ मत खसेको थियो, जुन कुल मतदाताको ५६ प्रतिशत हो। गणना भएको मतमध्ये ३ हजार ८ सय ८३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार