२०८३ बैशाख ३ गते , विहीबार

झापामा समानुपातिकतर्फ रास्वपाको झन्डै अढाई लाख मत, काँग्रेस भन्दा श्रम, संस्कृतिको बढी

sajilo news
झापा
२०८२ फाल्गुन २६ गते , मंगलबार
झापामा समानुपातिकतर्फ रास्वपाको झन्डै अढाई लाख मत, काँग्रेस भन्दा श्रम, संस्कृतिको बढी

फागुन २१ को आम निर्वाचनमा क्लीन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा झन्डै अढाई लाख समानुपातिक मत ल्याएको छ ।

जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रबाट रास्वपाले २ लाख ४८ हजार १३८ समानुपातिक मत ल्याएको हो । त्यसपछि नेकपा एमालेले ५५ हजार २५१ मत ल्याउँदा श्रम संस्कृति पार्टी तेस्रो बनेको छ । श्रम संस्कृति पार्टीले ४५ हजार ३२५ मत ल्याएको हो ।

देशभरि समानुपातिक मतमा दोस्रो रहेको नेपाली काँग्रेस झापामा भने चौथो भएको छ । कांग्रेसले ३८ हजार १७० मत ल्याउँदा पाँचौँ स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ हजार ९९८ मत पाएको छ । त्यसपछि मंगोल नेशनल अर्गनाइजेशनले २ हजार ३६२ , राष्ट्रिय परिवर्तन पार्टीले २ हजार ३३८ , जनमत पार्टीले १ हजार १०६ मत ल्याएका छन् ।

देशभरि रास्वपाले ५० लाख मत कटाएको छ । ५० लाख १६ हजार ६८ मतसहित रास्वपा पहिलो बन्दा दोस्रो स्थानमा रहेको कांग्रेसले १६ लाख १६ हजार १५० , एमालेले १४ लाख १३ हजार ३१२ , नेकपाले ७ लाख ६९ हजार ४९० , श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४९५ , राप्रपाले ३ लाख २५ हजार ४४४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार