२०८३ बैशाख ३ गते , विहीबार

बिरिङ पुलमा ९५ ग्राम ब्राउन सुगर बरामद, कारोबारी मोटरसाइकल छाडेर फरार

sajilo news
झापा
२०८२ फाल्गुन २८ गते , विहीबार
बिरिङ पुलमा ९५ ग्राम ब्राउन सुगर बरामद, कारोबारी मोटरसाइकल छाडेर फरार

भारतबाट नेपालमा भित्र्याउँदै गरेको लागूऔषध ब्राउन सुगर झापामा बरामद गरिएको छ । हिजो साँझ ५ बजे झापा गाउँपालिका -५ बिरिङ पुलमा बीआर ३७ भी ४२१२ नम्बरको मोटरसाइकलमा लागू औषध भारतबाट नेपालतर्फ ल्याइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले मोटरसाइकल नियन्त्रणमा लिने उद्देश्यले बिरिङ पुलबाट पछ्याएको थियो । मोटरसाइकल तीव्र गतिमा कुदाएर बाह्रदशी-३ खड्ग बस्ती जाने बाटोमा मोटरसाइकल छोडी कारोबारी फरार भएका छन् ।

ती कारोबारीले प्लास्टिकसहित ९५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर फालेर मकैवारीतर्फ भागेका थिए । प्लास्टिकबाहेक ब्राउन सुगर तौल गर्न बाँकी रहेको र फरार कारोबारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार