२०८३ बैशाख ३ गते , विहीबार
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको आज बिहान ३ वजे ९६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी झापा भद्रपुर–१ मा बस्ने गरेका थिए ।
आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको सचिवालयले जनाएको छ। केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए। उनको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिनेछ र त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ। दिवंगत ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।