२०८३ बैशाख ३ गते , विहीबार
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ
मधेसको मिथिला क्षेत्रमा मनाइने चैती छठ पर्व आज सम्पन्न भएको छ। सूर्य उपासनाको गरी मनाइने वसन्तकालीन चैती छठ पर्वको चौथो दिन आज बिहान व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको हो।
निराहार व्रतका दिन हिजो बर्तालुले अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझिया अरख’ विधि सम्पन्न गरेका थिए। मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ। चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्व मिथिला क्षेत्रमा श्रद्धा र निष्ठाको प्रतीक मानिँदै आइएको छ।
शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ।