२०८३ बैशाख ३ गते , विहीबार

नवनिर्वाचित सांसदहरूले लिए शपथ

sajilo news
काठमाडौं
२०८२ चैत्र १२ गते , विहीबार
नवनिर्वाचित सांसदहरूले लिए शपथ

प्रतिनिधिसभाका ज्येष्ठ नागरिक अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा नवनिर्वाचित सदस्यहरूलाई शपथ खुवाएका छन् ।सिंहदरबारस्थित संसद् भवनमा बिहीबार उनले शपथ खुवाएका हुन् ।

नवनिर्मित संसद् भवनको बहुउद्देश्यीय सभा हलमा सांसदहरूले शपथ ग्रहण गरेका हुन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरू शपथ ग्रहणका क्रममा आ–आफ्नो संस्कृति झल्कने पोसाक लगाएर शपथ ग्रहण स्थलमा पुगेका थिए ।

सभामुखको निर्वाचन नभएको अवस्थामा संसद्को ज्येष्ठ सदस्यले सांसदहरूलाई शपथ खुवाउने कानुनी प्रावधान छ । शपथ कार्यक्रमअघि सङ्घीय संसद्का महासचिव पदमप्रसाद गौतमले नवनिर्वाचित सांसदहरूलाई स्वागत गरेका थिए ।

सम्बन्धित समाचार