२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरले जित्यो अन्तरपालिका स्तरीय भलिबलको उपाधि

sajilo news
झापा
२०८२ चैत्र १६ गते , सोमबार
भद्रपुरले जित्यो अन्तरपालिका स्तरीय भलिबलको उपाधि

पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा राम नवमी मेला व्यवस्थापन समितिद्वारा आयोजित अन्तरपालिका स्तरीय प्रथम रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको छ ।

उपाधि जितेसँगै भद्रपुरले नगद १ लाख ५१ हजार १११ रुपैयाँ, ६ केजी चाँदीसहित ट्रफी हात पारेको छ । फाइनलमा कडा प्रतिस्पर्धा गर्दै भद्रपुरले बिर्तामोड नगरपालिकालाई ३–२ को सेटमा पराजित गरेको हो ।

प्रतियोगिताको उपविजेता बनेको बिर्तामोडले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ ।

चैत १२ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा आठ वटा पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितासँगै आयोजकले अन्तरपालिका फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ 

सम्बन्धित समाचार