२०८३ बैशाख ५ गते , शनिबार
बिर्तामोडस्थित अधुवा खोलाको पुलबाट मोटरसाइकल खस्दा....
बिर्तामोडस्थित अधुवा खोलाको पुलबाट मोटरसाइकल खस्दा चालक गम्भीर घाइते भएका छन् । आज साँझ ७:४५ बजे बिर्तामोड नगरपालिका-३ अधुवा खोलास्थित भित्री सडक खण्डमा बिर्तामोडबाट हल्दिवारीतर्फ जाँदै गरेको मे ९ प ९३४८ नम्बरको होण्डा साइन मोटरसाइकल आफै अनियन्त्रित भई खोलामा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक हल्दिवारी ५ बस्ने वर्ष ३० का पर्शुराम अधिकारी गम्भीर घाइते भएका हुन् ।
टाउको र हातखुट्टामा चोट लागेका अधिकारीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल खोलाबाट निकाली प्रहरी चाकी बिर्ता बजार ल्याउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।