२०८३ बैशाख ५ गते , शनिबार

रोङमा पहिरो : मेची राजमार्ग एकतर्फी सुचारु

sajilo news
झापा
२०८२ चैत्र १७ गते , मंगलबार
रोङमा पहिरो : मेची राजमार्ग एकतर्फी सुचारु

पहिरोका कारण बन्द हुँदै खुल्दै गरेको मेची राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । गएराति ८ बजेबाट मेची राजमार्ग एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलामको रोङ गाउँपालिका-४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा पटक-पटक माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो झरेर बाटो अवरुद्ध बनेको थियो ।

आइतबार साँझ खसेको पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको मेची राजमार्गमा हिजो बिहान फेरि पहिरो गएको थियो । पहिरोले पुरिएको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक हिजो निकालिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।

सम्बन्धित समाचार