२०८३ बैशाख ३ गते , विहीबार
५० हजार रुपैयाँ घुससहित अदालतका कर्मचारी समातिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले ५० हजार रुपैयाँ घुससहित जिल्ला अदालत रौतहटका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ। मंगलबार कार्यालयमै घुस लिइरहेको अवस्थामा अदालतका कर्मचारी (डिट्ठा) लवकुमार सिंहलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनलाई नगद रकमसहित पक्राउ गरिएको आयोगको हेटौंडा कार्यालयले पुष्टि गरेको छ। परोहा नगरपालिका–बसन्तपट्टी घर भएका सिंह करार सेवामा कार्यरत कर्मचारी हुन्। उनी जिल्ला अदालत रौतहटको तहसिलदार फाँटमा कार्यरत थिए।