२०८३ बैशाख ३ गते , विहीबार

इन्डोनेसियामा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

sajilo news
एजेन्सी
२०८२ चैत्र १९ गते , विहीबार
इन्डोनेसियामा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

इन्डोनेसियामा बिहीबार बिहान ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको बीबीसीले जनाएको छ।

भूकम्प स्थानीय समय अनुसार बिहान ६:४८ बजे मोलुक्का समुद्रमा आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुरुमा यसको तीव्रता ७.८ मापन गरिएको थियो।

भूकम्पको केन्द्रविन्दु तेर्नाते सहरबाट करिब १२० किलोमिटर टाढा रहेको बताइएको छ। तेर्नाते दुई लाखभन्दा बढी मानिस बसोबास गर्ने एक सानो तर घना बस्ती भएको टापु हो।

हवाईस्थित सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटरको दायराभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा सुनामीको लहर उठ्न सक्ने सम्भावना रहेको जनाएको छ। भूकम्पबाट के-कति क्षति भएको छ भन्नेबारे हालसम्म कुनै जानकारी आएको छैन।

सम्बन्धित समाचार