२०८३ बैशाख ३ गते , विहीबार

फेरि १५ रुपैयाँ बढ्यो पेट्रोल र डिजेलको मूल्य

sajilo news
झापा
२०८२ चैत्र १९ गते , विहीबार
फेरि १५ रुपैयाँ बढ्यो पेट्रोल र डिजेलको मूल्य

पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको हो। 

नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग)मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ। 

निगम सञ्चालक समितिको बिहीबारको बैठकले उक्त मूल्य निर्धारण गरेको हो। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुनेछ। 

सम्बन्धित समाचार