२०८३ बैशाख ३ गते , विहीबार
बिर्तामोडको यातायात कार्यालयबाट बिचौलिया पक्राउ
बिर्तामोडस्थित मेची यातायात व्यवस्था विभागको कार्यालयमा बिचौलियाको मिलेमतोमा व्यापक अनियमितता भइरहेको गुनासो आएपछि प्रहरीले छापा मारी एक जनालाई पक्राउ गरेको छ ।
आज दिउँसो १ बजे गोप्य सूचनाको आधारमा ,इलाका प्रहरी कार्यालय बिर्तामोड र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त संरूपमा खटिएको सादा पोसाकको टोलीले गौरादह ९ बस्ने ३० वर्षीय लालबहादुर बिस्टलाई नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।