२०८३ बैशाख ३ गते , विहीबार

आईपीएल : हैदराबादले कोलकातालाई हरायो

sajilo news
झापा
२०८२ चैत्र २० गते , शुक्रबार
आईपीएल : हैदराबादले कोलकातालाई हरायो

प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ।  इडेन गार्डेनमा गएराति भएको खेलमा हैदराबादले  कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो। 

सनराइजर्सले यसअघि सम्पन्न पहिलो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुसँग ६ विकेटको हार व्यहोरेको थियो। कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा सनराइजर्सले प्रस्तुत गरेको २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्र जोड्न सक्यो।

कोलकातालाई सस्तैमा रोक्न सनराइजर्सका जयदेव उनाड्कटले सर्वाधिक तीन विकेट लिए। तीन ओभर बलिङ गरेका उनाड्कटले २१ रन खर्चिए। इशान मलिंगा र नितिसकुमार रेड्डीले समान दुई विकेट लिँदा हर्ष दुबेले एक विकेट लिए।

कोलकाताका निम्ति अग्ंकृष रघुवंशीले ५२ रनको अर्धशतकीय इनिङ खेले। रघुवंशीले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। रिंकु सिंहले ३५ रन जोडे । ओपनर फिन एलनले २८, सुनिल नराईनले १२ र रमानदीपले १० रन बनाए।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको सनराइजर्सले कोलकाताविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २२६ रनको विशाल योगफल खडा गरेको थियो।

सनराइजर्सका हेनरी क्लासनले सर्वाधिक ५२ रन बनाए। क्लासनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे। ओपनर अभिषेक शर्माले ४८ रन बनाए। ट्राभिस हेडले ४६, नितिसकुमार रेड्डीले ३९ र कप्तान इशान किसनले १४ रन बनाए। कोलकाताका ब्लेसिङ मुजरबानीले सर्वाधिक चार विकेट लिए।

कोलकाताको प्रतियोगितामा यो लगातार दोस्रो हार हो। सनराइजर्सले यसअघि पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ६ विकेटको हार व्यहोरेको थियो। प्रतियोगिता अन्तरगत आज पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ। 

सम्बन्धित समाचार