२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा लागू औषधसहित फेरि तीनजना पक्राउ

sajilo news
झापा
२०८२ चैत्र २२ गते , आईतबार
भद्रपुरमा लागू औषधसहित फेरि तीनजना पक्राउ

भद्रपुरमा लागू औषधसहित फेरि तीनजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ६ बजे भद्रपुर-५ नयाँ बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीहरुलाई शङ्का लागेर चेकजाँच गरेको थियो ।

त्यस क्रममा बिर्तामोड-८ गरामनी बस्ने वर्ष २८ का किरण श्रेष्ठ साथबाट प्लास्टिकबाहेक २ ग्राम ०६० मिलिग्राम, सोही ठाउँ बस्ने वर्ष २८ का अभिषेक लिम्बूको साथबाट प्लास्टिकबाहेक १ ग्राम १७० मिलिग्राम र मोरङ लेटाङ- ५ बस्ने वर्ष २५ का सरोज थापाको साथबाट प्लास्टिकबाहेक १ ग्राम ४६० मिलिग्राम गरी जम्मा प्लास्टिकबाहेक ४ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ ।

सम्बन्धित समाचार