२०८३ बैशाख ३ गते , विहीबार

आइपीएल: गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

sajilo news
एजेन्सी
२०८२ चैत्र २२ गते , आईतबार
आइपीएल: गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ।  गएराति भएको खेलमा  राजस्थानले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको होे।

राजस्थानका लागि बलिङतर्फ रवि विश्नोइ चम्किँदा २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रनमात्रै बनाउन सक्यो।

अहमदाबाद रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रनको विस्फोटक पारी खेले। 

यसै गरी ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका थिए।गुजरातका लागि कागिसो रबाडाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए भने अशोक शर्मा र रासिद खानका नाममा १–१ विकेट रह्यो।

२ सय ११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ४४ बलमा ७३ रन बनाए। जोस बटलरले २८ र रासिद खानले २४ रन जोडे। अन्तिम २ ओभरमा जितका लागि १५ रन आवश्यक रहेकामा गुजरातले ८ रन मात्रै जोड्न सक्यो र ६ रनले हार बेहोर्‍यो

जितसँगै अंक राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले लगातार दुई खेल जितेको छ। शनिबार रनै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ६ विकेटले हरायो। 

प्रतियोगिता अन्तरगत आज दुई खेल हुँदैछन्।  दिउँसो लखनउ सुपर जायन्ट र सनराइजर्स हैदराबाद आमनेसामने हुँदा राति चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्नेछन्। 

सम्बन्धित समाचार