२०८३ बैशाख ३ गते , विहीबार

इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको ट्रम्पको दाबी

sajilo news
एजेन्सी
२०८२ चैत्र २२ गते , आईतबार
इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानमा भिषण आक्रमण गरिएको दाबी गरेका छन्।  आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक भिडियो शेयर गर्दै ट्रम्पले तेहरानमा भीषण आक्रमण गरिएको र इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको बताए। 

यद्यपि, उक्त भिडियोको आधिकारिकता र समयबारे कुनै थप विवरण सार्वजनिक गरिएको छैन। इरानले पनि यसमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। 

यस्तै ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न दिएको १० दिने अल्टिमेटम सकिन लागेको भन्दै ४८ घण्टाभित्र कहर सुरु हुने चेतावनी दिएका छन्। 

ट्रम्पको चेतावनीको इरानले कडा शब्दमा प्रतिवाद गरेको छ। इरानको खातम अल–अनबिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिकी आक्रमण भएमा अमेरिकी र इजरायली सैन्य संरचनाहरूमा निरन्तर आक्रमण गर्ने चेतावनी दिएका छन्। 

उनले अमेरिकी सेनाका लागि अब नर्कको ढोका खुल्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। त्यस्तै, हेडक्वार्टरका प्रवक्ता इब्राहिम जुल्फकारीले पनि इरानलाई हराउने भ्रममा परे पूरै क्षेत्र अमेरिकाका लागि दलदल बन्ने चेतावनी दिए। 

सम्बन्धित समाचार