२०८३ बैशाख ३ गते , विहीबार

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालद्वारा शपथ ग्रहण

sajilo news
काठमाडौं
२०८२ चैत्र २२ गते , आईतबार
नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालद्वारा शपथ ग्रहण

नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकाय प्रधानन्यायाधीश सपना मल्ल प्रधान, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू लगायतको उपस्थिति रहेको थियो।  अर्याल यसअघि बसेको प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्विरोध निर्वाचित भएका थिए। 

सम्बन्धित समाचार