२०८३ बैशाख ३ गते , विहीबार
प्राधिकरणका इन्जिनियर ४० हजार घुससहित पक्राउ
नेपाल विद्युत् प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका इन्जिनियर महेन्द्रकुमार दास घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दासलाई एक लाख ४० हजार घुससहित पक्राउ गरेको हो।
दासले हनुमाननगर कंकालिनी नगरपालिका-३ का कृष्ण मुरारी यादवबाट घुस लिएको अख्तियारले जनाएको छ। इन्जिनियर दासले त्यहाँस्थित एक होटलमा बोलाएर यादवसँग घुस लिएको आरोप लगाइएको छ।